२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

भीमफेदी दुर्घटनाका मृतक ६ जनाको सनाखत

- विशेष खबर शुक्रबार ०७, असोज २०७९ ०९:१६

भीमफेदी दुर्घटनाका मृतक ६ जनाको सनाखत

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अब एक जनाको सनाखत हुन बाँकी छ ।

मृत्यु हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी-३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज-३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।  

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस बिहीबार भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २६ जनामध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको भरतपुरमा उपचार भैरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।


प्रतिकृया दिनुहोस