२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

खोलाले  बगाएका  शिक्षकको २२ घण्टापछि उद्धार

- रासस आइतबार ०२, असोज २०७९ १०:४३

खोलाले  बगाएका  शिक्षकको २२ घण्टापछि उद्धार

सिन्धुपाल्चाेक । नुहाउन जाने क्रममा लडेर हेलम्बु–१ छ्यादी खोलाले  बगाएका शिक्षकको उद्धार गरिएको छ । दोलखा कालीञ्चोक–३ घर भएका  शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए। 

उनलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुङ्गाको कापबाट उद्धार गरिएको हो । हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो नुहाउन जाँदा खोलामा लडेर बेपत्ता भएका थिए ।

आइतबार बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले उनलाई  हेलम्बु– १ ठाडो खोला भिरमा अड्केको अवस्थामा उद्धार गरेको हो । उनलाई उपचारका लागि काठमाडौंको केएमसी अस्पताल लगिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

खुट्टामा सामान्य चोटपटक लागेको उनको अवस्था सामान्य रहेको छ। उनको उद्धारमा सेना, प्रहरी, स्थानीय लागेका थिए । 


प्रतिकृया दिनुहोस