२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

राष्ट्रिय बाल दिवसको नारा तय

- विशेष खबर बिहिबार १६, भदौ २०७९ ०८:३५

काठमाडौं । सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा  ‘बालमैत्री  समाजको आधार ः जिम्मेवार  परिवार, उत्तरदायी समाज’ तय गरेको छ ।

बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिए ।

नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।

मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएकोे छ । सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो ।


प्रतिकृया दिनुहोस