२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

भारी वर्षापछि २४ घण्टामा ३६ जनाको मृत्यु्

एजेन्सी बुधबार १५, भदौ २०७९ ०३:०३

भारी वर्षापछि २४ घण्टामा ३६ जनाको मृत्यु्

इस्लामावाद । पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् ।  

यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । 

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जनाको घाइते भएका एनडिएमए जनाएको छ । 

त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा प्रान्त रहेको यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ । 

पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ । 

एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन् । यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ । 


प्रतिकृया दिनुहोस