२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

दार्चुला जीप दुर्घटनाका मृतक पाँचै जनाकाे परिचय खुल्याे

- विशेष खबर बुधबार ०१, भदौ २०७९ ०८:१५

दार्चुला जीप दुर्घटनाका मृतक पाँचै जनाकाे परिचय खुल्याे

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार दिउँसो से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाकाे सनाखत भएकाे छ ।

दुर्घटनामा बुंगल नगरपालिका—८ का हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा र रैभान बोहराको मृत्यु भएको हो । यस्तै सोही ठाउँकी चम्पा बोहराको पनि मृत्यु भएको छ । उनीहरु रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरपरिवारसँग सम्पर्कको प्रयास भइरहेको र बिस्तृत विवरण अझै खुलेको छैन्।

यस्तै उक्त दुर्घटनामा घाइते भएका ९ जनाको पनि परिचय खुलेको छ । दार्चुलाकाे मालिकार्जुन गाउँपालिका—३ की गोमती धामी मालिकार्जुन —६ की रेवती धामी, मालिकार्जुन—३ की रुपा धामी, मालिकार्जुन— ३ का सुमनसिंह धामी, महाकाली नगरपालिका—३ का रमेश लोहार,  महाकाली नगरपालिका—७ का दिलाराम कोली, बैतडीको डिलासैनी गाउँपालिका—३ का प्रदीप राना, बझाङको बुंगल नगरपालिका—८ का धनबहादुर जागरी घाइते भएका छन् ।

गाेकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेकाे जीप अपरान्ह सडकबाट करिब अढाई सय मिटर तल भीरमा खसेको थियो ।


प्रतिकृया दिनुहोस