२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

पासाेमा फसेको चितुवा मर्यो

- विशेष खबर बुधबार ०१, भदौ २०७९ ०१:२९

पासाेमा फसेको चितुवा मर्यो

बैतडी ।  बैतडीमा पासोमा फसेको चितुवा मरेको छ । जंगली बंदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो ।

दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा मंगलबार राति चितुवा फसेको थियो । चितुवाको उद्धार गर्ने क्रममा मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीका अनुसार चितुवाको उद्धार गरि खोरभित्र राखेपछि मरेको हो । 'फलामको खोर भित्र राखिसकेपछि आफैँ मर्यो,' उनले भने ।  

पासाेमा फसेकाे चितुवाकाे उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट आइरहेको टोली भने अझै घटनास्थल पुगेको छैन् । बँदेलबाट मकै बाली पासो थापिएको थियो ।


प्रतिकृया दिनुहोस