२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

- विशेष खबर बुधबार ०१, भदौ २०७९ ११:४८

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो ।  

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, 'चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।' 

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । 'त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ,' कँडेलले भने ।

 


प्रतिकृया दिनुहोस