२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना

- विशेष खबर बुधबार २५, साउन २०७९ ०७:५९

आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । बुधबार बिहान काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

भारी वर्षाको सम्भावना भएका स्थानमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तै बिहीबार पनि वाग्मती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा शुक्रबार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको थियाे ।


प्रतिकृया दिनुहोस