२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

- विशेष खबर शुक्रबार २०, साउन २०७९ ०८:१७

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो खसेपछि बिहीबार राति २ बजेबाट सडक अवरूद्ध भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ। ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो । बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ।


प्रतिकृया दिनुहोस