२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

एकै दिन ९ सय १५ जनामा कोरोना संक्रमण

- विशेष खबर बुधबार १८, साउन २०७९ ०६:२९

एकै दिन ९ सय १५ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा एकै दिन ९ सय १५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् ।

विगत २४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस