शनिबार २७, बैशाख २०७७ ०८:४६
काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन टाइम कार्ड लागू हुने भएको छ ।
उपत्यकाका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।
सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।
त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।
प्रतिकृया दिनुहोस