२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

चितुवाको छालासहित दुईजना पक्राउ

- विशेष खबर शुक्रबार १३, साउन २०७९ ०९:५२

चितुवाको छालासहित दुईजना पक्राउ

महेन्द्रनगर । चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन् ।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का  २९ वर्षीय मोहन सार्की रहेका छन् । पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ ।

कृष्णपुर–३ मा धानबारीमा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । 


प्रतिकृया दिनुहोस