२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान

- विशेष खबर शुक्रबार १३, साउन २०७९ ०८:२९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ।

शुक्रबार एक सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न भनेको हाे। इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ताव पेश गर्न सक्नेछन्।

शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा साउन ९ मा बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो।


प्रतिकृया दिनुहोस