२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

एकै दिन ७१० जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

- विशेष खबर बिहिबार १२, साउन २०७९ ०५:२८

एकै दिन ७१० जनामा कोरोना संक्रमण, २ जनाकाे मृत्यु

काठमाडौं  नेपालमा एकै दिन ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका छन् । बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ ।

२४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस