२०८२ असार १८ गते बुधबार | 2 July, 2025

थप एक जनामा देखियो कोरोना, संक्रमित ११० पुगे

शनिबार २७, बैशाख २०७७ ०८:३२

काठमाडाैं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।


#काेराेना

प्रतिकृया दिनुहोस