२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

विषाक्त मदिरा सेवनपछि २० जनाको ज्यान गयाे

मङ्गलबार १०, साउन २०७९ ०९:४३

विषाक्त मदिरा सेवनपछि २० जनाको ज्यान गयाे

नयाँदिल्ली (एजेन्सी) । देशको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवन पछि २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै संख्यामा सख्त बिरामी भएकाहरू अस्पताल भर्ना भएका छन् ।

यद्यपि उनीहरूको मृत्यु मदिरा सेवनबाट नै भएको पुष्टि हुन बाँकी छ । 'बोटाड, भावनगर र अहमदाबाद अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,' द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन  शव परीक्षण एवम् चिरफार भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सकिने बताइएकाे छ ।  

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ ।

राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ । 


प्रतिकृया दिनुहोस