२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

- विशेष खबर सोमबार ०९, साउन २०७९ ०९:४१

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

अछाम । अछामको तुर्माखाँद–२ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ।

आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले बताए ।

अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको डिएसपी डाँगीले जानकारी दिए ।

पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमुली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएको उनले बताए । 


प्रतिकृया दिनुहोस