२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाकाे मृत्यु, दर्जन भन्दा बढी घाइते

- विशेष खबर आइतबार ०८, साउन २०७९ ०५:४९

पाल्पामा बस दुर्घटना हुदाँ ६ जनाकाे मृत्यु, दर्जन भन्दा बढी घाइते

पाल्पा। पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा बस दुर्घटना भएको हाे । बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस लघुवामा दुर्घटना भएको हो । बस सडकबाट करिब ३/४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। 

‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। 

बस सडकबाट १ सय मिटर तल खसेको र अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिए।  मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन। 

उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।


#दुर्घटना #पाल्पा

प्रतिकृया दिनुहोस