२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु, ३ सय ४७ संक्रमित थपिए

- विशेष खबर आइतबार ०८, साउन २०७९ ०५:२३

काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु, ३ सय ४७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ जना संक्रमित भएका हुन् । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् । 

२४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस