२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

दिनहुँ बढ्दै काेराेना संक्रमण, पछिल्लाे २४ घण्टामा ४५६ जनामा संक्रमण पुष्टी

- विशेष खबर शुक्रबार ०६, साउन २०७९ ०६:३३

दिनहुँ बढ्दै काेराेना संक्रमण, पछिल्लाे २४ घण्टामा ४५६ जनामा संक्रमण पुष्टी

काठमाडौं। पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।

याे संगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ । 

त्यसैगरी, काठमाडाैंमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ५२ जना २४९ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये दुई हजार ७०८ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २२ जना आइसोलेसनमा रहेका छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस