२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

श्रीलंकामा राष्ट्रपति निर्वाचन आज

- विशेष खबर बुधबार ०४, साउन २०७९ ०७:४५

श्रीलंकामा राष्ट्रपति निर्वाचन आज

काठमाडाैं । श्रीलंकामा आज नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । केही दिनअघि राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुने भएकाे हाे। 

आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन्। नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।  

चरम आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षे माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए ।  


प्रतिकृया दिनुहोस