२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

चन्द्रागिरि नगरपालिकामा फोहोर ६ झोलामा छुट्टै राख्नुपर्ने

- विशेष खबर बुधबार ०४, साउन २०७९ ०७:४३

चन्द्रागिरि नगरपालिकामा फोहोर ६ झोलामा छुट्टै राख्नुपर्ने

काठमाडाैं । काठमाडौंकाे चन्द्रागिरि नगरपालिकाले फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न अनुरोध गरेको छ। मंगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी सबै फरक फरक झोलामा राख्नुपर्ने निर्णय गरेको हो।

यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका झोलामा राख्न नगरपालिकाले अनुरोध गरेको हो।यस्ता झोला वडा कार्यालयहरू र टोल सुधार समितिमार्फत् निःशुल्क पाउन सकिने नगरपालिकाले उल्लेख गरेको छ।

चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ। वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ।'

यस्तै पालिकाले फोहोर संकलनवापत नगरपालिकाको आर्थिक ऐनअनुसार तोकिएको दरमा शुल्क बुझाउन पनि भनेको छ। फाेहर वर्गीकरण अभियान साउन ४ गतेदेखि नै सुरू हुनेछ। त्यस्तै आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्ने परिवारलाई जरिवाना हुने पनि नगरपालिकाले बताएको छ। 

नगरपालिकाकाे फोहोर वर्गीकरण गर्ने झोलाको रङ यस्तो छ...

कालो झोला- कुहिने फोहोर

रातो झोला- सिसा र सिसाजन्य फोहोर

हरियो झोला- प्लास्टिकजन्य फोहोर

सेतो झोला- कागजजन्य फोहोर

निलो झोला- फलाम लगायत कवाडीजन्य फोहोर

पहेँलो झोला- स्यानिटरी प्याड, डाइपर लगायत फोहोर


प्रतिकृया दिनुहोस