२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिकलाई अभद्र व्यवहारको मुद्दा

शनिबार २७, बैशाख २०७७ ११:४६

प्रहरीमाथि हातपात गर्ने  चिनियाँ नागरिकलाई अभद्र व्यवहारको मुद्दा

काठमाडाैं । शुक्रवार देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ।

सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्र राठोरले बताए।

'प्रहरीमाथि हातपात गरेको भएर हामीले चार जनामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेका छौं,'उनले भने।

निषेधित क्षेत्रमा धर्ना बसेका उनीहरूलाई प्रहरीले हटाउन खोज्दा दुई पक्षबिच झडप भएको थियो।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो।

अन्य केही प्रहरी तथा चिनियाँ नागरिक समेत सामान्य घाइते भएका थिए।

झडपका क्रममा चिनियाँ नागरिकले नेपाली प्रहरीको बर्दी तान्नुका साथै मुक्का र लात्ती प्रहार गरेका थिए।

लकडाउन भएपछि यतै रोकिएका उनीहरूले केही समययता आफ्नो देश फर्किन पाउनुपर्ने भन्दै विभिन्न ठाँउमा धर्ना बस्ने गरेका छन्।


#लकडाउन

प्रतिकृया दिनुहोस