२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

मनसुनी वायुको प्रभावले देशभर वर्षा हुने, यस्तो छ तीन दिनको मौसम

- विशेष खबर शनिबार ३२, असार २०७९ ०८:०८

मनसुनी वायुको प्रभावले देशभर वर्षा हुने, यस्तो छ तीन दिनको मौसम

काठमाडाैं । मनसुनी वायुको प्रभावले आज बिहान प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, वाग्मती प्रदेश र  गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 भाेली आइतबार दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ। प्रदेश १, मधेश प्रदेश, र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । 

सोमबार देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साेमबार राती पनि देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र  वाग्मती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।


प्रतिकृया दिनुहोस