२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

लघु जलविद्युतकाे पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

- विशेष खबर शुक्रबार ३१, असार २०७९ ०७:३८

लघु जलविद्युतकाे पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

जुम्ला । जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा  एकै घरका तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भासिँएकाे हाे । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन् ।  हाउसका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको हो । 

उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । 


प्रतिकृया दिनुहोस