२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

- विशेष खबर बुधबार २९, असार २०७९ ०८:१४

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन्। श्रीलंकामा आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रिएका छन् ।

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् । 

अन्तर्राष्ट्रिय संचार माध्यमहरुकाअनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानी माले पुगेका छन् ।

राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षे पनि मुलुक छाडेर अमेरिका पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका सर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् । गत शनिबारदेखि नै निरन्तर ठूलो प्रदर्शन गरिररहेका प्रदर्शनकारीहरु मंगलबार झन् धेरै जम्मा भएका थिए । राष्ट्रपति राजापाक्षे पदबाट राजीनामा दिन तयार भए पनि आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि देश छोडेर भागेका हुन्।


प्रतिकृया दिनुहोस