२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

फेसबुकबाट साथी बनाएर २५ लाख ठगी गर्ने युवती एक वर्षपछि पक्राउ

- विशेष खबर आइतबार २६, असार २०७९ ०७:५७

फेसबुकबाट साथी बनाएर २५ लाख ठगी गर्ने युवती एक वर्षपछि पक्राउ

चितवन । फेसबुकमा नक्कली प्रेमिका बनेर २५ लाखभन्दा धेरै नगद ठगी गर्ने पूर्वी नवलपरासीकाे गैंडाकोटकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक अधबैंसे पुरुषलाई फेसबुकमार्फत साथी बनाएर नगद असुल्न सफल गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ। झण्डै एक वर्षअघि पीडित पुरुषले दिएको उजुरीको आधारमा ७ दिन अगाडि चितवन प्रहरीले ती युवतीलाई पक्राउ गरेको जनाएको छ । 

फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएर भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषबाट ती युवतीले २५ लाख ४५ हजार ७ सय नगद लिएकाे चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए। 

युवतीले दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिरहरु पठाउने र पुरुष प्रभावित भएर मागेको पैसा दिँदै गएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । ती युवतीले अन्य पुरुषलाई पनि ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिकृया दिनुहोस