२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

- विशेष खबर शुक्रबार २४, असार २०७९ १०:११

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यस्तै सरकारले उनको निधनमा दु:ख व्यक्त गरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनको खबरपछि गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले ट्वीटरमार्फत् आबेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै परिवारका सदस्यमा समवेदना व्यक्त गरेका थिए ।

मन्त्रिपरिषद्‍ले पारित गरेको शोक वक्तव्यमा भनिएको छ, 'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ । नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।'

शुक्रबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि ढलेका आबेको उपचारका क्रममा निधन भएको हो । 


प्रतिकृया दिनुहोस