२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

रामेछापमा बस दुर्घटना, ९ जनाकाे मृत्यु

- विशेष खबर मङ्गलबार २१, असार २०७९ १२:०५

रामेछापमा बस दुर्घटना, ९ जनाकाे मृत्यु

काठमाडौं ।  रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा नाै जनाकाे मृत्यु भएकाे छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान बस दुर्घटना भएको हो ।

बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका-१ लुभुघाट नजिकै दुर्घटना भएको रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पुर्‍याउने तयारी भएको उनले बताए। 

दुर्घटनामा २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ।  दुर्घटनाकाे कारण भने खुलिसकेको छैन। 


प्रतिकृया दिनुहोस