२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

यस्ताे छ दुइ दिनकाे माैसम

शनिबार १८, असार २०७९ ०७:३७

यस्ताे छ दुइ दिनकाे माैसम

काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 


प्रतिकृया दिनुहोस