२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

आजको मौसम पूर्वानुमान यस्तो छ

- विशेष खबर शुक्रबार १७, असार २०७९ ०७:३४

आजको मौसम पूर्वानुमान यस्तो छ

काठमाडाैं । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । आज बिहान प्रदेश नं १, वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको  विभागले जानकारी दिएको छ।  

यस्तै  देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।  

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस