- विशेष खबर बुधबार १५, असार २०७९ १२:२७
काठमाडौं। मनसुन थप सक्रिय भएसँगै मंगलबार साँझदेखि देशको अधिकांश भू-भागहरुमा मध्यम देखि भारी वर्षा भइरहेको छ। विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको साथै कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरुका केही स्थानहरुमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मनसुनी न्यूनचापीय रेखा औसत भन्दा उत्तरतिर ( नेपालको दक्षिणी भू-भाग नजिक) रहेकोसमेत महाशाखाले जनाएको छ । आगामी २४ घण्टा प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
बुधबार दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, वाग्मती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस