शुक्रबार २६, बैशाख २०७७ ०१:०५
काठमाडौं । विराटनगरस्थित काेसी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनालाइ शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।
कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् । थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
प्रतिकृया दिनुहोस