२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

टाेपेखाेलाकाे पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

- विशेष खबर शनिबार २८, जेठ २०७९ ०६:४१

टाेपेखाेलाकाे पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

मुग्लिन। वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना–६ टाेपे खोलामा माथिबाट पहिरो खसेर बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।  साेही ठाउँ शुक्रबार बिहान पनि पहिराे खसेकाे थियाे । 


प्रतिकृया दिनुहोस