२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

टोपे खोलामा फेरि पहिरो खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

- विशेष खबर शुक्रबार २७, जेठ २०७९ १०:४२

टोपे खोलामा फेरि पहिरो खस्याे, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । शुक्रबार राति नारायणगढ-मुग्लिन सडकको टोपे खोलामा फेरि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण चितवनकाे इच्छाकामना गाउँपालिका ६ मा पर्ने टोपे खोलामा शुक्रबार राति ९ बजे पुन: पहिरो झर्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

पहिरो पन्छाउन प्रहरी खटिए पनि तत्काल सक्ने अवस्था नरहेको डिएसपी अधिकारीले बताए । 

शुक्रबार बिहान पनि सोही ठाउँमा पहिरो जाँदा सवारी जाम भएको थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदै पहिराे खसेकाे हाे । यातायात अवरूद्ध भएपछि यात्रुहरूकाे बिजाेग भएकाे छ । 

 


प्रतिकृया दिनुहोस