२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

जाजरकाेटमा जीप दुर्घटनामा दुईजनाकाे मृत्यु, चार घाइते, हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीकाे निर्देशन

- विशेष खबर शुक्रबार २७, जेठ २०७९ १०:१०

जाजरकाेटमा जीप दुर्घटनामा दुईजनाकाे मृत्यु, चार घाइते,  हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिए । 

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जनाएको छ । अन्य चार जना भने सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिए । 


#दुर्घटना

प्रतिकृया दिनुहोस