२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

- विशेष खबर शुक्रबार २७, जेठ २०७९ ०९:२९

आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ ।

निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । 

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ ।

'कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ,' उनले भनिन्, 'कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।' 

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । 


प्रतिकृया दिनुहोस