२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

काठमाडाैंकाे फाेहाेर ढुवानी अब रातिमात्र, बन्चरेडाँडावासीसँग १९ बुँदे सहमति

- विशेष खबर शुक्रबार २७, जेठ २०७९ ०८:४६

काठमाडाैंकाे फाेहाेर ढुवानी अब रातिमात्र, बन्चरेडाँडावासीसँग १९ बुँदे सहमति

 काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ ।

महानगरपालिका र स्थानीय बासिन्दाबीच बिहीबार राति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानीकाे काम रातिमात्र गर्ने सहमति भएको हो ।

सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ ।

 


प्रतिकृया दिनुहोस