२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

आजबाट १२–१७ वर्षकालाई कोरोनाको बुस्टर डोज

- विशेष खबर शुक्रबार २७, जेठ २०७९ ०८:१८

आजबाट १२–१७ वर्षकालाई कोरोनाको बुस्टर डोज

काठमाडौं । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइन लागेकाे छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् ।

यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उहाँहरुलाई शुक्रबारबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।

यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिने शाखाले जनाएकाे छ । 


प्रतिकृया दिनुहोस