२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

मेलम्चीकाे बाढीले अस्थायी पुलमा क्षति

- विशेष खबर बिहिबार २६, जेठ २०७९ १०:१०

मेलम्चीकाे बाढीले अस्थायी पुलमा क्षति

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको मेलम्ची खोला बाढीले आउँदा मेलम्ची नगरपालिका-७ र ११ लाई जोड्न बनाइएको अस्थायी पुलमा क्षति पुगेकाे छ ।

फड्केश्वरी भन्ने ठाउँमा ह्युमपाइप राखेर बनाइएको पुलमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । नगर प्रमुख आइतमान तामाङसहितको टोलीले अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम गरिरहनुभएकाे छ।

बिहीबार बिहानैदेखि वर्षा भइरहेकाले यहाँका नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि सिन्धुपाल्चोकमा बाढीपहिरोले जनधनको ठूलो क्षति गरेकाे थियो । यस वर्षको मनसुन अवधिमा स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेकाले फेरि बर्खायाम सुरु भएपछि स्थानीय त्रसित छन् ।


प्रतिकृया दिनुहोस