२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

उत्तराखण्डमा तीर्थयात्री चढेकाे बस दुर्घटना, २६ जनाको मृत्यु

- विशेष खबर सोमबार २३, जेठ २०७९ १०:४८

उत्तराखण्डमा तीर्थयात्री चढेकाे बस दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ। मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके-०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो। दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुगेर घटनाकाे जानकारी र उद्धारबारे छलफल गरेका थिए। 

पुरालाका एसएचओ अशोक कुमारका अनुसार हरिद्वारबाट आउँदै गरेको बस गहिरो खाडल र अन्धकारमा फसेकाले उद्धारमा केही समस्या आएको बताएका थिए। घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्। यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्। 


प्रतिकृया दिनुहोस