२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

रातो मछिन्द्रनाथको भोटो देखाइँदै, देशभर सार्वजनिक बिदा

- विशेष खबर शनिबार २१, जेठ २०७९ ०९:३१

रातो मछिन्द्रनाथको भोटो देखाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडाैं । रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा आज भोटो देखाउने चलन छ। वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउन लागिएकाे हाे।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शनिबार दिउँसो मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको थियो।

मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ।भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ। 

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा शनिबार सार्वजनिक बिदा दिएको छ। राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिबार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।


प्रतिकृया दिनुहोस