२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

नेपाली रेलमा कसरी निस्क्याे धुँवा ?

- विशेष खबर शुक्रबार २०, जेठ २०७९ ०८:३४

नेपाली रेलमा कसरी निस्क्याे धुँवा ?

जनकपुर । जयनगरबाट कुर्थातर्फ आइरहेकाे नेपालको एक मात्र रेल बिहीबार आगलागी हुनबाट जोगिएको छ ।

एसिड पाेखिएर रेलकाे बग्गीमा धुँवा निस्किएकाे हाे । बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जगनगरको १ नम्बर गेटबाट निस्केको केही समयमै रेलको एउटा बग्गीबाट धुँवा निस्केकाे थियो । बग्गीको सामान राख्ने र्‍याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

धुवाँ निस्के पनि प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी हुनबाट राेकिएकाे थियाे ।  धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुबीच भागाभाग भएकाे थियो ।

धुँवा निस्के लगत्तै साेही बग्गीमा रहेका एक पुरूष फरार भएका छन् । उक्त बग्गीमा सानो ग्यास सिलिण्डर पनि राखिएको थियो । साेही सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष भागेपछि शंकाको आधारमा दुई महिलालाई नियन्त्रणमा लिएकाे छ । ती दुइ महिलालाइ भारतीय प्रहरीले नियन्त्रणमा लिएर नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हाे ।  यसबारे अन्य अनुसन्धान भइरहेको महाप्रबन्धक झाले बताए। 

रेलमा ग्याँस, एसिड जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन् ।


प्रतिकृया दिनुहोस