२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

तारा एयरको जहाज दुर्घटना : मृतककाे शव परिवारकाे जिम्मा लगाइँदै

- विशेष खबर बिहिबार १९, जेठ २०७९ ०७:५५

तारा एयरको जहाज दुर्घटना : मृतककाे शव परिवारकाे जिम्मा लगाइँदै

काठमाडाैं । तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमकाे काम सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी भइरहेकाे छ।  

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो।

दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जनाको निधन भएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएकाे थियो।


प्रतिकृया दिनुहोस