२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भेरी नदीमा हराएकी बालिका खोज्दा गाउँकै अर्की महिलाकाे शव भेटियो

- विशेष खबर बुधबार १८, जेठ २०७९ ०७:४४

भेरी नदीमा हराएकी बालिका खोज्दा गाउँकै अर्की महिलाकाे शव भेटियो

सल्यान । मंगलबार दिउँसोदेखि भेरी नदीमा बेपत्ता भैरहेकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ पोखराकी अन्दाजी १२ वर्षीया गिता विक पौडी खेल्ने क्रममा मंगलबार दिउँसो ४ बजे नदीमा बेपत्ता भएकी हुन । 

कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा वेपत्ता भएकी थिइन्। गीतको खोजी गर्दा गाउँकै अन्दाजी ४० वर्षको पार्वती कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी सुमित खड्काले बताए ।

मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् । श्रीमान वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयले जानकारी दिएका छन् ।

पार्वती घरबाट कहिले हराएकी थिइन् भन्ने एकीन छैन । उनको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकमको भेरी नदीमा फेला परेको डीएसपी खड्काले बताए ।


प्रतिकृया दिनुहोस