२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

यस्ताे छ आजकाे माैसम

- विशेष खबर मङ्गलबार १७, जेठ २०७९ ०७:४४

यस्ताे छ आजकाे माैसम

काठमाडाैं । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले हाल नेपालकाे मौसममा बदली भइरहेको हो।

आज काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

मंगलवार राति  प्रदेश १, मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भोलि बुधबार  प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिकृया दिनुहोस