२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

तारा एयरकाे विमान दुर्घटना : मृतककाे शव काठमाडाैं ल्याइने

- विशेष खबर सोमबार १६, जेठ २०७९ ११:१८

तारा एयरकाे विमान दुर्घटना : मृतककाे शव काठमाडाैं ल्याइने

काठमाडाैं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको जानकारी दिए । उनले अन्यको खोजी जारी रहेको बताए । उनका अनुसार शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको क्षतविक्षत अवस्थामा शव भेटिएको छ ।

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो।  स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ  । अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।

 चालक दलका तीन सहित २२ जना सवार जहाज पोखराबाट जोमसोमका लागि उडेको थियो । अधिकारीहरूका अनुसार जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्ने सम्भावना छैन । 


प्रतिकृया दिनुहोस