२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

लुडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

शुक्रबार २६, बैशाख २०७७ ०५:०२

लुडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली (एजेन्सी) । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबीच एक अचम्मको खबर सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा  महिला अस्पताल भर्ना भएकी छन् । घटना केही दिन पहिलेको हो ।

२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुडो खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट लागेका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ।

वडोदरा निवासी ती महिलाले लुडो खेल्दा पतिलाई हराएकी थिइन् । ती पुरुषले लगातार खेल हारेपछि श्रीमतीलाइ कुटपिट गरेका थिए । कुटाइबाट ती महिलाकाे ढाडको हड्डी बीच अन्तर देखा पर्‍यो ।

महिलालाई एउटा अर्थोपेडिक सर्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी छन् । पछि उनले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ ।

ती महिला बच्चाहरुलाई ट्युसन पढाउँदै आएकी थिइन् भने श्रीमान् एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दै आएका थिए ।


#कुटपिट

प्रतिकृया दिनुहोस