२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

उदयपुरमा ट्रक दुर्घटना‚ चार जनाको मृत्यु

- विशेष खबर सोमबार १६, जेठ २०७९ १०:५५

उदयपुरमा ट्रक दुर्घटना‚ चार जनाको मृत्यु

उदयपुर । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका १४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बजुरा खोला नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा ट्रक चालक बाराको सिमरा-१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा-१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।

कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

ट्रक सडकबाट करिब सय मिटर तल खसेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीको टोलीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ ।  


प्रतिकृया दिनुहोस