२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कक्षा १२ को परीक्षा सोमबारदेखि, प्रश्नपत्र अनलाइनबाट पठाइने

आइतबार १५, जेठ २०७९ ०९:१०

कक्षा १२ को परीक्षा सोमबारदेखि, प्रश्नपत्र अनलाइनबाट पठाइने

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयाे । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् ।

अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो ।

बोर्डका अनुसार परीक्षाकै दिन केन्द्रहरूमा प्रश्नपत्र पठाइने छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।


प्रतिकृया दिनुहोस